आगामी वर्षका लागि बिदा सार्वजनिक
काठमाडाैं | चैत ४, २०७९
काठमाडौं: आगामी वर्ष २०८० सालका लागि सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।
आगामी २०८० साल वैशाख १ गते नयाँ वर्ष, वैशाख १८ गते विश्व मजदुर दिवस र वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । भदौ १४ गते रक्षाबन्धनको र भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको बिदा दिइएको छ ।
त्यस्तै असोज ३ गते संविधान दिवस, असोज २८ गते घटस्थापनाको बिदा दिइएको छ भने कात्तिक ४ (फूलपातीदेखि द्वादशीसम्म) देखि ९ गतेसम्म सार्वजनिक बिदा हुनेछ । कात्तिक २६ देखि ३० गतेसम्म लक्ष्मी पूजा, म्हपूजा/नेपाल संवत्गो/वद्र्धन पूजा र दुई दिन भाइटीकाको बिदा हुने घोषणा गरिएको छ ।
यसैगरी मङ्सिर ३ गते छठ पर्व, पुस ९ गते क्रिसमस डेको र पुस १० गते ज्यापू दिवसरयोमरी पुन्हीको बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसारको बिदा रहनेछ भने माघ १ गते माघी पर्व, माघ २७ गते सोनम ल्होसारको बिदा हुनेछ । फागुन २५ गते महाशिवरात्रि र फागुन २८ गते ग्याल्पो ल्होसारको बिदा घोषणा गरिएको छ । यसबाहेक दिन नतोकी इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र र बकर इदको बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले फागु पूर्णिमाका लागि हिमाल र पहाडका ५६ जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते बिदा घोषणा गरिएको छ । मन्त्रालयको सूचीअनुसार भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्राको बिदा दिइने उल्लेख छ । सिरुवा पर्वको बिदा धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने घोषणा गरिएको ।
त्यस्तै महिला कर्मचारीका लागि असोज १ गते तीज र असोज २० गते जितिया पर्वको बिदा हुनेछ । पुस २७ गते पृथ्वी जयन्ती ९राष्ट्रिय एकता० दिवसको बिदा घोषणा भएको छ । फागुन २ गते वसन्त पञ्चमीको दिन शिक्षण संस्थाका लागि बिदा घोषणा भएको छ ।
गृह मन्त्रालयले भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा र भोटोजात्रा तथा चैत २६ गते घोडेजात्राको बिदा उपत्यकाका लागि दिने निर्णय गरेको छ ।
सरकारले यसै वर्षदेखि दिन थालेको फागुन १ गते जनयुद्ध दिवसको बिदालाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा तोकिएको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मोहम्मद जयन्ती, मंसिर ११ गतेको गुरु नानक जयन्तीको बिदा सम्बन्धित धर्मावलम्बीलाई मात्र हुनेछ ।
यसबाहेक सरकारले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ २१ गते, निजामती सेवा दिवस भदौ २२ गते र माघ १६ को शहीद दिवस मनाउने तथा ती दिनमा कार्यालय बिदा नहुनेसमेत घोषणा गरेको छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई दृष्टिगत गरेर बढीमा १८ दिन सार्वजनिक बिदाको व्यवस्था र समायोजन गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

